Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नेपाल प्रहरीका चार जना एसएसपी डिआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका चार जना एसएसपी डिआइजी बढुवामा सिफारिस

दैनिकी न्यूज

३०, चैत्र २०७८
नेपाल प्रहरीका चार जना एसएसपी डिआइजी बढुवामा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिले वरिष्ठ एसएसपीहरुलाई डीआईजी बनाउन सिफारिस गरेको हो।

डीआईजी बढुवाका लागि नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ सिफारिस भएका हुन्।

बढुवाका लागि सिफारिस भएका चौधरी आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन्। अन्य तीन जना एआईजी विश्वराज पोख्रेलका ब्याची हुन्। बढुवा सिमितिले वरिष्ठताक्रम अनुसार डीआईजी बढुवा सिफारिस गरेको हो।

तीन जना डीआईजी वशन्त पन्त, धिरज सिंह र रबिन्द्र धानुक एआईजीमा बढुवा भएपछि र राजेशलाल कर्ण उमेर हदका कारण वैशाख २ गतेबाट अनिवार्य अवकास हुने भएपछि चार जना रिक्त भएको हो।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - २१:४०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology