Logo

सोमवार, आश्विन २६ गते २०८३

images

लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

दैनिकी न्यूज

३०, चैत्र २०७८
लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ
images

काठमाडौं । लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १७:३७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology