Logo

सोमवार, आश्विन २६ गते २०८३

images

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै

दैनिकी न्यूज

३०, चैत्र २०७८
लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै
images

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउदै छ ।
वि.सं. १९७९ साल बैशाख १ गतेबाट शुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रुपमा एक सय वर्ष पुरा भएको अवसरमा भोली विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल बैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्र्तगत सबै भूमिसुधार÷मालपोत कार्यालयहरु र नापी कार्यालयहरुमा विशेष कार्यक्रम गरी मनाइदै छ ।
कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितहरुलाई लालपूर्जा वितरणलाई विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुुसहरबस्तीबाट लालपूर्जा वितरणको काम शुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले नयाँ वर्षको दिनमा मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भए अनुसार नागरिकको हक प्रप्तीको अभियान सफल हुने विश्वास र शुभकामना समेत व्यक्त गर्नुभयो ।
लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भोली अपराह्न ४ वजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १५:३२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology