Logo

सोमवार, आश्विन २६ गते २०८३

images

तीन लाख घुससहित रौतहटका एक प्रधानाध्यापकअख्तियारको फन्दामा

तीन लाख घुससहित रौतहटका एक प्रधानाध्यापकअख्तियारको फन्दामा

दैनिकी न्यूज

३०, चैत्र २०७८
तीन लाख घुससहित रौतहटका एक प्रधानाध्यापकअख्तियारको फन्दामा
images

काठमाडौं । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।

प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि समातिएका छन्।

यमुनामाई गाउँपालिका वडा नं. ४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले दुबैलाई पक्राउ गरेको हो।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १३:०८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology