काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो।