Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दैनिकी न्यूज

३०, चैत्र २०७८
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
images

काठमाडौं । नुवाकोट, ककनी गाउँपालिका-२ सिउडेनीस्थित सडकमा बा.३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङको मंगलबार दिउँसो
घटनास्थलमै मृत्यु भएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्घाखाँची, छत्रदेव गाउँपालिका-३ बेलहापुलस्थित खेतमा लु.४ त ६१६८ नम्बरको ट्याक्टर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सन्धिखर्क नगरपालिका-१२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसिको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुर, रामप्रसादराई गाउँपालिका-५ कावाखोलास्थित सडकमा प्र.१-०२००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१४ स्थित सडकमा बा.प्र.३-००३ प २०४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १३:००:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology