Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

दैनिकी न्यूज

२९, चैत्र २०७८
स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ
images

मोरङ । बिराटनगर महानगरपालिका १५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका १ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १३:०७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology