Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा

दैनिकी न्यूज

२९, चैत्र २०७८
एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा
images

काठमाडौं । पत्रकार महासंघको ६७ औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको नेशनल स्र्पोट्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम ४ मा प्रवेश पाउने टोलीमा न्युज २४ टेलिभिजन, टीम शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखा छन् । 

पहिलो क्वार्टरफाइनलमा न्युज २४ ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ५–३ गोल अन्तरले हरायो । त्यस्तै टीम शिलापत्रले दोस्रो क्वार्टरफाइनलमा फोटो जर्नलिष्ट क्लवलाई ४–३ ले पराजित ग¥यो । पत्रकार महासंघ कास्की शाखाले नेपाल चलचित्र पत्रकार संघलाई २ का विरुद्ध १० गोलले हरायो । सो खेलमा कास्कीका पूर्ण न्यौपाने एक्लैले ५ गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा महासंघको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो । सो खेलमा परिवेश पोखरेलले ललितपुरका लागि ४ गोल गरेका थिए । 

पहिलो सेमिफाइनलमा भोलि न्युज २४ र कास्की तथा दोस्रोमा टिम शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको उद्घाटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । उद्घाटन खेलमा नेपाल खेलदकुद पत्रकार मञ्चले हाम्रो सञ्चार डट कमलाई ५–३ ले हराएको थियो । त्यस्तै न्युज २४ ले ईकागजलाई १६–० को अन्तरमा हरायो । सो खेलमा न्युज २४ का सुरज महर्जन एक्लैले ७ गोल गरे । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लवले बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । चौथो खेलमा टिम शिलापत्रले महासंघको काठमाडौं शाखालाई ६–४ ले हराएको थियो । अनलाइन खबर अनुपस्थित भएपछि महासंघको कास्की शाखाले बाई पायो । चलचित्र पत्रकार संघले नेपाल टेलिभिजनमाथि ६–२ गोल अन्तरको जित निकाल्यो । महासंघको ललितपुर शाखाले प्रेस चौतारी रुपन्देहीलाई ६–० ले हरायो । प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा नयाँ पत्रिकाले पत्रकार महासंघ सिन्धुपाल्चोक शाखालाई १–० ले हराएको थियो ।   

बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता छ । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका छन् । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछन् । बिधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने फुटसल प्रतियोगिताका संयोजक एवं पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले जानकारी दिए । 

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - ०६:००:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology