Logo

सोमवार, आश्विन २६ गते २०८३

images

करिब ३०० ग्राम सुनसहित तीन युवा पक्राउ

करिब ३०० ग्राम सुनसहित तीन युवा पक्राउ

दैनिकी न्यूज

२८, चैत्र २०७८
करिब ३०० ग्राम सुनसहित तीन युवा पक्राउ
images

काठमाडौं । दुबईबाट नेपाल आएका तीन जना नेपाली सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका वडा नं. १ का ३२ वर्षीय सुकुराम लामा, नौकण्ड गाउँपालिका–६ का २७ वर्षय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।

उनीहरूको साथबाट साथबाट जनहीँ ९९.९६ ग्राम गरी २९९.८८ ग्राम सुन फेला परेको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।

एयर अरेबियाको जहाजबाट शनिबार आएका उनीहरूको साथबाट उक्त परिमाणका सिक्री फेला परेका थिए।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १५:०८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology