Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोलीसहित पक्राउ

जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोलीसहित पक्राउ

दैनिकी न्यूज

२८, चैत्र २०७८
जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोलीसहित पक्राउ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं. ७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसिया हुँदै जापान जान लागेकी सोविताको साथबाट चेकजाँचका क्रममा गोली बरामद भएको हो ।

‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १४:३९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology