काठमाडौं । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यू भएको छ ।
गएराति पौने १२ बजे प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपी चोक नजिक ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बाँके नर्सिङ होममा उपचारका क्रममा गएराति नै मृत्यू भएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।