Logo

सोमवार, आश्विन २६ गते २०८३

images

अवैध लागुऔषध गाँजा सहित ५ जना पक्राउ

अवैध लागुऔषध गाँजा सहित ५ जना पक्राउ

दैनिकी न्यूज

२८, चैत्र २०७८
अवैध लागुऔषध गाँजा सहित ५ जना पक्राउ
images

मकवानपुर । मनहरी गाउँपालिका वडा नं. ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ०६:२२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology