Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुर मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

ललितपुर मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

दैनिकी न्यूज

२७, चैत्र २०७८
ललितपुर मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
images

ललितपुर । नेकपा (एमाले) बाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेको एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।

उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी परेको छ । व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटी अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी प्रस्तुत गरेका छन् । उनले भने, ‘यो दावीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन् । गत २०७४ को स्थानीय निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार नेपाली कांग्रेसका चिरीबाबु महर्जनसँग ३३६ मतान्तरले पराजित भएका थिए । महर्जनले २४ हजार ६४२ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिस्पर्धी व्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।

 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - १०:२८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology