Logo

सोमवार, आश्विन २६ गते २०८३

images

अविश्वासको मतबाट पद गुमाउने पाकिस्तानकै पहिलो प्रधानमन्त्री बने इमरान खान

अविश्वासको मतबाट पद गुमाउने पाकिस्तानकै पहिलो प्रधानमन्त्री बने इमरान खान

दैनिकी न्यूज

२७, चैत्र २०७८
अविश्वासको मतबाट पद गुमाउने पाकिस्तानकै पहिलो प्रधानमन्त्री बने इमरान खान
images

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।

संसदमा शनिवार मध्यरातमा भएको मतदानमा खान विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो ।

खानलाई पदमुक्त गर्न १७२ मत चाहिएको थियो । उनको विपक्षमा १७४ मत खसेकोे थियो । पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्तावमार्फत यस अघि कुनै प्रधानमन्त्री पदमुक्त भएका थिएनन् । यसरी पद गुमाउने खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएका छैनन् ।

प्रतिपक्ष दलले मार्च ८ मा अविश्वासको प्रस्ताव गरेका थिए । अघिल्लो हप्ता खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीवार संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गर्दै फैसला सुनाएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतवार दिउँसो २ बजे संसद बैठक बस्नेछ । खानले आफूविरुद्ध विपक्षी दलसँग मिलेर विदेशीहरुले षडयन्त्र गरेको दाबी गर्दै आएका थिए । एजेन्सी

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०८:३१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology