Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूरका फरार कार्की पक्राउ

बैंकिङ कसूरका फरार कार्की पक्राउ

दैनिकी न्यूज

२६, चैत्र २०७८
बैंकिङ कसूरका फरार कार्की पक्राउ
images

काठमाडौं । बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - १५:४८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology