Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ऊर्जामन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत

ऊर्जामन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत

दैनिकी न्यूज

२४, चैत्र २०७८
ऊर्जामन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत
images

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं. २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रको शुरुआत गर्नु भएको छ ।

वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउने छन् । खोकनामा आज (बिहीबार) आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खोकनाबासीका लागि आवश्यक पर्ने विद्युत, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने बताउनु भयो ।

कोभिड सङ्क्रमणको महाविपत्तिको समयमा पनि वडाले जनस्वास्थ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘तोरीको तेलले चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।’

सो अवसरमा ऊर्जामन्त्री भुसालले रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि रु. पाँच लाख बराबरको सहयोग पनि हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष रविन्द्र महर्जनले वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - २२:०२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology