Logo

सोमवार, आश्विन २६ गते २०८३

images

अलपत्र अवस्थामा रहेका ७ वटा बुलेट मोटरसाइकल प्रहरीद्वारा बरामद

अलपत्र अवस्थामा रहेका ७ वटा बुलेट मोटरसाइकल प्रहरीद्वारा बरामद

दैनिकी न्यूज

२४, चैत्र २०७८
अलपत्र अवस्थामा रहेका ७ वटा बुलेट मोटरसाइकल प्रहरीद्वारा बरामद
images

काठमाडौं । प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट अलपत्र अवस्थामा रहेका सात वटा मोटरसाइकल बरामद गरेको छ ।

भारतीय नाकाबाट भन्सार छलेर मोटरसाइकलहरू काठमाण्डौमा भित्र्याएको र नम्बर परिवर्तन गरेर चलाएको विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले खोजी गर्दा मोटरसाइकल बरामद गरेको हो ।

बरामद भएका सबै मोटरसाइकल ुरोयल इन्फिल्ड, बुलेटु ब्रान्डका रहेका र यी मोटरसाइकलको अन्दाजी मूल्य २१ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबारे अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १६:१७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology