काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ । बन्दी गैरसांसद हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।