Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सर्लाहीमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

सर्लाहीमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

दैनिकी न्यूज

२४, चैत्र २०७८
सर्लाहीमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु
images

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली चल्दा एक भारतीय युवकको मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।

महतो माथि बुधबार साँझ ७ः३० बजे तिर गोली प्रहार भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते महतोलाई उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।


महतोलाई बीआर ३० ए ८५४५ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेर फरार भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०७:१०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology