Logo

सोमवार, आश्विन २६ गते २०८३

images

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

२३, चैत्र २०७८
कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

भक्तपुर । चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - १२:३७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology