काठमाडौं । काठमाडौं महानगरपालिका २७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका९२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।