Logo

सोमवार, आश्विन २६ गते २०८३

images

कोरियन भाषा परीक्षामा साढे ४४ हजारको आवेदन

कोरियन भाषा परीक्षामा साढे ४४ हजारको आवेदन

दैनिकी न्यूज

२३, चैत्र २०७८
कोरियन भाषा परीक्षामा साढे ४४ हजारको आवेदन
images

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन् । दक्षिण कोरियाले ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काले आवेदन दिने अन्तिम म्याद सोमबारसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिए । विगत वर्षको तुलनामा कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ ।

सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको थियो । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०९:२४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology