Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भूमि आयोग चितवनले भोली भरतपुरका भूमिहीनलाई लालपूर्जा दिदै

भूमि आयोग चितवनले भोली भरतपुरका भूमिहीनलाई लालपूर्जा दिदै

दैनिकी न्यूज

२२, चैत्र २०७८
भूमि आयोग चितवनले भोली भरतपुरका भूमिहीनलाई लालपूर्जा दिदै
images

चितवन । चितवनको भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने भएको छ ।
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसगैँ यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा पाउने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
आयोगको अध्यक्ष भएर आएसगैँ निस्सा वितरण र गाँउ ब्लकका स्थानियलाई लालपूर्जा वितरण गरेका थियौँ अध्यक्ष तिमिल्सीनाले भने, यो आयोग २२ औँ आयोग हो, बोलेर भन्दा काम गरेरै देखाएका छौँ । गरे हुदो रहेछ त ।
नेपालमा नै पहिलो पटक सेटलाईट प्रविधिबाट जग्गाको नापजाँच पुरा गरि भरतपुर महानगरको वडा २ आँपटारी स्थित देवकोटा चोकमा भव्य कार्यक्रम गरि लालपूर्जा वितरण गर्ने उनले बताए ।
भूमि आयोगले निस्सा वितरण गरेको ३५ दिन र आयोगका टिम आएको ६३ दिनमा नै लालपूर्जा दिदै छौँ म खुसी छु, उनले भने, अझ भनौँ महानगर प्रमुख रेनु दाहालले चुनावी बाचा अनुसार लालपूर्जा दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले पाउदै हुनुहुन्छ ।
यो भन्दा अगाडीका आयोगले कुनै पनि काम गरेको अवस्थामा अहिले आयोगले तदारुपताका साथ काम गरेकै कारण आफुहरुले लालपूर्जा वितरण गर्ने बाचा पुरा गर्न लागेको विज्ञ सल्लाहकार नीरप्रसाद लामिछानेले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - २०:४४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology