Logo

सोमवार, आश्विन २६ गते २०८३

images

अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

दैनिकी न्यूज

२१, चैत्र २०७८
अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका(७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १३:०७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology