Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु

दैनिकी न्यूज

२०, चैत्र २०७८
सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु
images

सिन्धुली । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।
भूमिहिन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूहिनिलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताइन ।
भूमिहिनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको पनि बताइन ।
मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन ।
उनले भनिन्, “सरकार संविधानको कार्यन्वयन र भूमिहिनलाई भूमि उपलब्ध गारउने काममा जुटिरहेको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई ललापूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोग मार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भएपनि निर्वाचन लगत्तै पुनः कामले तिब्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ ।”
मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताइन ।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - १७:२५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology