Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नक्कली परीक्षार्थी बनि परीक्षा दिईरहेको अवस्थामा पक्राउ

नक्कली परीक्षार्थी बनि परीक्षा दिईरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

२०, चैत्र २०७८
नक्कली परीक्षार्थी बनि परीक्षा दिईरहेको अवस्थामा पक्राउ
images

काठमाडौं । चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका–१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका-५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन् ।

चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूमध्ये अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, राम आशिषलाई ग्रामर स्कुल कोटेश्वरबाट र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वरबाट पक्राउ गरेको हो । साथै सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - १७:१८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology