काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आइतबारका लागि मिति तोकेका थिए।
एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
त्यहि रिटमाथि सुनुवाई हुन लागेको हो । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आएको थियो ।