Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एमाले अध्यक्ष ओलीको कुरामा कुनै सत्यता छैन - कांग्रेस प्रबक्ता महत

एमाले अध्यक्ष ओलीको कुरामा कुनै सत्यता छैन - कांग्रेस प्रबक्ता महत

दैनिकी न्यूज

२०, चैत्र २०७८
एमाले अध्यक्ष ओलीको कुरामा कुनै सत्यता छैन - कांग्रेस प्रबक्ता महत
images

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुरै झुट बोलेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्षलाई वास्ता नगरेको भन्न् भनाई ओलीले सार्वजनीक गरेपछि प्रबक्ता महतले ओलीले सफेद झुट बोलेको दावी गरेका हुन् । उनले ओलीको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।

शनिवार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा उनले भने, “प्रधानमन्त्रीले कुराकानी पनि गर्नु भएन, छलफलमा बोलाउनु भएन, फोनसमेत गर्नु भएन, वास्तै गर्नु भएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्तहरुबाट भइरहेको छ, त्यो सरासर असत्य हो ।”

प्रधानमन्त्रीले छलफलका लागि बोलाएको तर ओली बाहिर हुन्छु भन्दै आउन नसक्ने बताएको कांग्रेसका प्रवक्ता डा। महतले जानकारी दिए । “आफू आउन नसक्ने । आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने ?” उनको प्रश्न छ ।

उनले आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुसँग नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताए । उनले भने, “पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ, तर सम्बन्धित ठाउँमा कुरा राख्न सक्नु हुन्न । उहाँले राख्दै राख्नुभएन ।”

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०७:४८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology