Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्थानीय तहको चुनाव : निर्वाचन आयोगले दलहरूसँग प्रतिबद्धता लिने

स्थानीय तहको चुनाव : निर्वाचन आयोगले दलहरूसँग प्रतिबद्धता लिने

दैनिकी न्यूज

२०, चैत्र २०७८
स्थानीय तहको चुनाव : निर्वाचन आयोगले दलहरूसँग प्रतिबद्धता लिने
images

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिने भएको छ ।

आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०७:१७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology