Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ग्वार्कोमा पानी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

ग्वार्कोमा पानी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दैनिकी न्यूज

१९, चैत्र २०७८
ग्वार्कोमा पानी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर–७ मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको पानी ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने शंकर पानी सप्लायर्सको पानी ट्याङकर सहित चालक शंकर बहादुर तोरङ्गे महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

यसबारे थप अनुसन्धन गरिरहेको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - १०:३३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology