Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नेपाल बारको निर्वाचन आज

नेपाल बारको निर्वाचन आज

दैनिकी न्यूज

१९, चैत्र २०७८
नेपाल बारको निर्वाचन आज
images

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनका लागि देशभरमा ३५ मतदान केन्द्र कायम गरिएका छन् । जसमध्ये उपत्यकामा चारवटा कायम छन् । २५ सदस्यीय कार्यसमितिका लागि ७५ उम्मेवार चुनावी मैदानमा छन् । तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार शनिबार बिहान ८ बजेदेखि मतदान हुनेछ । मतदान कार्य अपराह्न ४ बजेसम्म जारी रहनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको मल्लले बताए । बार निर्वाचनमा कुल नौ हजार ६०७ मतदाता छन् । जसमध्ये उपत्यकामा छ हजारभन्दा बढी छन् । उपत्यकाबाहिर तीन हजार हाराहारीमा मतदाता रहेका छन् ।

यो पटक निर्वाचनमा सत्तारूढ दलको गठबन्धनले बृहत् लोकतान्त्रिक समूह निर्माण गरेर वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा छ । यस्तै प्रमुख प्रतिपक्ष दल निकटबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल तयार भएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - ०८:४२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology