Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ

दैनिकी न्यूज

१८, चैत्र २०७८
जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ
images

ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वित्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - २१:०३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology