Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्रोत नखुलेको करिब ८ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको करिब ८ लाखसहित दुई जना पक्राउ

दैनिकी न्यूज

१७, चैत्र २०७८
स्रोत नखुलेको करिब ८ लाखसहित दुई जना पक्राउ
images

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३ स्थित सीमा ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख १५ हजार नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने २४ बर्षिय सुनिल महतो र २६ बर्षिय अनिल महतोलाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर ०२–०२–००२ प ९३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत नखुलेपछि पक्राउ गरिएको हो ।

त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - २०:५०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology