Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सर्वोच्च अदालतमा पुगे तीन डिआइजी

सर्वोच्च अदालतमा पुगे तीन डिआइजी

दैनिकी न्यूज

१७, चैत्र २०७८
सर्वोच्च अदालतमा पुगे तीन डिआइजी
images

काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वोच्च अदालत पुगेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना डिआइजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गरेको थियो ।

उक्त निर्णयविरुद्ध डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि उनीहरूले लोकसेवा आयोगसँग छलफल गरेका थिए । आयोगसँगको छलफलपछि न्यायका लागि भन्दै सर्वोच्च पुगेको डिआइजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १४:५३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology