Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दैनिकी न्यूज

१७, चैत्र २०७८
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
images

काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीस्थित सडकमा ना।३ ख ४६९१ नम्बरको ट्रकले ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका–२ कासीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही । लालबन्दी नगरपालिका(१७ कालिनजोर पुलस्थित सडकमा बिआर ०६ बिएम १५३७ नम्बरको कार अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा कार चालक भारत सितामढी बयलडाबड धनुषी बस्ने २२ वर्षीय नबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय गढिमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


अछाम, पञ्चदेवल बिनायक नगरपालिका(५ लयाटीस्थित सडकमा भे।१ त ८९३४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित सडकमा बागमती प्रदेश ०३००१ ख १३६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अदाजी ४० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १४:२४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology