Logo

सोमवार, आश्विन २६ गते २०८३

images

अघोषित लोडशेडिङः बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन

अघोषित लोडशेडिङः बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन

दैनिकी न्यूज

१७, चैत्र २०७८
अघोषित लोडशेडिङः बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन
images

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले महँगो मूल्यमा समेत भारतबाट विद्युत् ल्याउन नसकेपछि देशको सबैभन्दा ठूलो औद्योगिक कोरिडोरका उद्योगले ऊर्जा संकट झेल्न थालेका छन् ।

बारा–पर्सा कोरिडोरका उद्योगमा एक हप्तादेखि अघोषित लोडशेडिङ भइरहेको उद्यमीहरूले बताए । यस क्षेत्रका उद्यमी, व्यवसायीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

कोरोना महामारीबाट थलिएका उद्योग, प्रतिष्ठान तंग्रिने प्रयासमा रहेका बेला आइपरेको ऊर्जा संकटले ठूलो मार पर्ने संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उद्योगहरू पुनरुत्थानतर्फ अग्रसर भइरहेकै अवस्थामा विद्युत् प्राधिकरणले अचानक लोडशेडिङ गर्दा संकट थपिएको छ । तत्काल लोडशेडिङ हटाउनु पर्छ,’ गुप्ताले भनेका छन् । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०६:५३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology