Logo

सोमवार, आश्विन २६ गते २०८३

images

४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु

४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु

दैनिकी न्यूज

१७, चैत्र २०७८
४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु
images

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६–७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । आर्थिक वर्ष २०७७–७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग भएको रेकर्डले देखाएको छ । चालू आर्थिक वर्ष २०७८र७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०६:१२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology