Logo

सोमवार, आश्विन २६ गते २०८३

images

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना प्रहरीको फन्दामा

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना प्रहरीको फन्दामा

दैनिकी न्यूज

१६, चैत्र २०७८
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना प्रहरीको फन्दामा
images

ललितपुर । ललितपुरस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमती कार्यालय परिसर तथा बाहिरबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।

शाहका अनुसार उनीहरूले व्यक्तिगत काममा आएका सेवाग्राहीहरूलाई अनावश्यक झन्झटमा पारेको भन्ने गुनासो प्रहरी कार्यालयमा आएको थियो। सो गुनासोपछि प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा खोटाङ घर भई ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा, उदयपुरकी १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा घर भई जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीका २१ वर्षीय अरूण मगर र ३७ वर्षीय शंकर कार्की छन्।

यस्तै, धादिका ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही घर भई कालिमाटी बस्ने ३० वर्षीय राजिब पाख्रीन, रामेछाप घर भई बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भई एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुर घर भई कुसुन्ती बस्ने २४ पर्षीय कुमार दनुवार राई र रामेछाप घर भई एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर पनि पक्राउ परेका छन्।

काभ्रे घर भई सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र इमाडोल बस्ने ३० वर्षीय दिपेन्द्र खड्का पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - २०:३९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology