Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दैनिकी न्यूज

१६, चैत्र २०७८
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१७ ढल्कु बस्ने काभ्रे तिमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १२:२१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology