Logo

सोमवार, आश्विन २६ गते २०८३

images

प्रहरी हत्या प्रकरणः २० जना पक्राउ

प्रहरी हत्या प्रकरणः २० जना पक्राउ

दैनिकी न्यूज

१६, चैत्र २०७८
प्रहरी हत्या प्रकरणः २० जना पक्राउ
images

मोरङ । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा चैत ६ गते हिंसात्मक झडपमा परी मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा २० जनालाई प्रहरीले मुद्धा चलाएको छ । प्रहरीले पहिलो चरणमा नौ जना र पछि थप ११ जना गरी २० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका २० जनालाई प्रहरीले जिल्ला अदालत मोरङमा ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले बताए । “अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ,” उनले भने – “घटनाको थप अनुसन्धान भइरहेको छ । लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ । गोरखापत्रमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०७:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology