Logo

सोमवार, आश्विन २६ गते २०८३

images

हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

दैनिकी न्यूज

१६, चैत्र २०७८
हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना
images


काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका केही स्थानमा चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ।

भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव र स्थानीय वायुको प्रभावले प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। यस्तै प्रदेश–१ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०७:३५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology