Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

दैनिकी न्यूज

१६, चैत्र २०७८
नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन
images

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको मंगलबार काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताउनु भयो ।
उहाँले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम्बन्धी कामहरुलाई प्रविधि मैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्रालय, विभाग र कार्यालयहरुले, जनजिविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाहको गर्ने हुँदा सार्वजनिक सेवा प्रवाह गर्दा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न पनि मन्त्री श्रेष्ठले नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री श्रेष्ठले सेवाप्रवाह गर्दा कसैको पनि दवाव र प्रभावबाट मुक्तभई मितव्ययी, प्रभावकारी र जवाफदेही भएर कार्य गर्न समेत अग्रह गर्नुभयो ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र मार्फत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा ७ दिने तालिम दिइएको हो ।

 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०६:०७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology