Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

दैनिकी न्यूज

१६, चैत्र २०७८
स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै
images

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ ।

सरकारले आयोगले तोकेका मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट तीन तहमा विभाजित गर्दै सुरक्षाकर्मी परिचालनको योजना बनाएको हो । जसअनुसार मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरिएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा निकायसहितको बैठकले सुरक्षा संवेदनशीलताको व्याख्या गरेको हो ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०६:०३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology