Logo

सोमवार, आश्विन २६ गते २०८३

images

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

दैनिकी न्यूज

१५, चैत्र २०७८
तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा
images

काठमाडौँ । अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्।

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए। रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन्।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्।

नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेपछि तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १४:४१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology