Logo

सोमवार, आश्विन २६ गते २०८३

images

३६ डीएसपीको सरुवा (हेर्नुहोस सूचि)

३६ डीएसपीको सरुवा (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

१५, चैत्र २०७८
३६ डीएसपीको सरुवा (हेर्नुहोस सूचि)
images

काठमाडौं । नेपाल प्रहरीका ३६ जना डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारी र चितवनको ईलाका प्रहरी कार्यालय टाँडीमा रविनबावु रेग्मीलाई सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिबासमा रवि रावल र ईलाका प्रहरी कार्यालय अनारमनी झापामा रुगमबहादुर कुँवरलाई पठाइएको छ । महानगरीय प्रहरी वृत जनसेवामा शालिग्राम शर्मालाई सरुवा गरिएको छ । सन्तुलाल प्रसाद जैसवारलाई रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र भक्तपुरस्थित महानगरीय प्रहरी वृत थिमीमा डिएसपी हरिनन्दन चौधरीलाई सरुवा गरिएको छ ।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

3.jpg

4.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०६:२२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology