काठमाडौं । नेपाली सेनामा ५० जना डाक्टरसहित विभिन्न प्राविधिक पदमा १९४ जनाका लागि नयाँ भर्ना खुलेको छ।
नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न प्राविधिक सेवातर्फका २९ अधिकृत पदका लागि नयाँ भर्ना खुलेको हो। सबैभन्दा धेरै एमबीबीएस डाक्टर (उपसेनानी) ५० जना माग गरिएको छ। लेखा (उपसेनानी) ४० जनाका लागि दर्खास्त खुलाइएको छ।
यसैगरी सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जना, सिभिल इन्जिनियर (उपसेनानी) लगायत विभिन्न पदमा नयाँ भर्ना खुलाइएको छ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी थप एक सातासम्म दरखास्त पेस गर्न सकिनेछ।