Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ

दैनिकी न्यूज

१२, चैत्र २०७८
बैंकिङ कसूर मुद्दाका फरार थापा पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - ०५:५३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology