Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

दैनिकी न्यूज

१०, चैत्र २०७८
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
images

तनहुँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताए ।

अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेका थिए ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २१:४६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology