Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

दैनिकी न्यूज

९, चैत्र २०७८
भरुवा बन्दुक सहित पक्राउ
images

कास्की । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका–९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गर्वुजाले भरुवा बन्दुक पड्काई भागेको भन्ने खुल्न आएपछि उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित जंगलमा लुकी बसेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - १२:२०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology