Logo

सोमवार, आश्विन २६ गते २०८३

images

प्रहरीको नयाँ पदमा बढुवा प्रक्रिया शुरू

प्रहरीको नयाँ पदमा बढुवा प्रक्रिया शुरू

दैनिकी न्यूज

९, चैत्र २०७८
प्रहरीको नयाँ पदमा बढुवा प्रक्रिया शुरू
images

काठमाडौं । नेपाल प्रहरीमा थप गरिएका तीनवटा पदका लागि अब बढुवाको प्रक्रिया शुरू भएको छ ।

यो प्रक्रिया शुरू भएसँगै प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक ९वसई०, वरिष्ठ प्रहरी हबल्दार (वह) र सहायक हबल्दार (सह) मा बढुवाको बाटो खुलेको हो ।

सरकारले प्रहरी कर्मचारी नियमावली–२०७१ संशोधन स्वीकृत गरेसँगै थप गरिएका पदमा बढुवाका लागि बाटो खुलेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अबको १०–१५ दिनभित्र पदोन्नति गरिसक्ने बताए ।

तल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप आत्मबल बढाउन तीनवटा नयाँ पद सिर्जना गरिएको हो ।

कार्यसम्पादन मूल्याङ्कनभन्दा वरिष्ठताका आधारमा पदोन्नति तथा बढुवामा सिफारिस गरिने भएको छ ।

प्रवक्ता केसीले भने, “कारबाहीमा परेकाबाहेक प्रबल दाबेदारलाई वरिष्ठताकै आधारमा 'ब्याच’अनुसार बढुवा गर्ने तयारी भइरहेको छ ।"

पदोन्नति भएकाहरू दज्र्यानी चिह्न पहिरिएर २०७९ वैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा खटिने छन् । वसईको तीन तारा, वहको तीन रेखामाथि छड्के अर्को रेखा र सहको दुईधर्के फुली हुुने छन् । ती पदमा पदोन्नति तथा बढुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

वरिष्ठ सईमा एक हजार ४१८, वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र सहायक हबल्दारमा १५ हजार २४१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै सईको दरबन्दी दुई हजार ८७८, हबल्दारको ११ हजार २४१ र सिपाहीको ३० हजार ९६६ कायम गरिएको छ । करिब ७६ हजार प्रहरी जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ०७:२५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology